नियम ४
कोषको सदस्यता
(१) बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न दर्ता भएका बीमकले कोषको सदस्यता प्राप्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कोषको सदस्यता प्राप्त गर्न चाहने बीमकले सञ्चालक समिति समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन यस नियमावली बमोजिम रीत पुगेको देखिएमा त्यस्तो निवेदक बीमकलाई सञ्चालक समितिले अनुसूची–२ बमोजिमको ढाँचामा कोषको सदस्यता प्रदान गर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रदान गरेको कोषको सदस्यता एक आर्थिक वर्षको लागि मान्य हुनेछ र त्यस्तो सदस्यता नवीकरण गर्न सकिनेछ ।
(५) उपनियम (४) बमोजिम नवीकरण गर्दा सदस्यता बहाल हुने अवधि समाप्त भएको मितिले एक महिनाभित्र सञ्चालक समितिले तोकेको नवीकरण शुल्क बुझाइ सदस्यता प्रदान गर्ने अधिकारीबाट गराउनु पर्नेछ ।